USAID

प्रिमियर लिगमा आज युनाइटेड र आर्सनल भिड्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेड र आर्सनल भिड्दै छन् । इमिरेट्स रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । च्याम्पियन्स लिग स्थानको लागि कडा प्रतिस्पर्धा गरिरहेका दुवै टोलीलाई आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । हाल आर्सनल ३२ खेलबाट ५७ अंक जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ । आर्सनलले पछिल्लो ५ खेल मध्ये दूई खेलमा मात्र जीत निकालेको छ ।

यता खराब लयबाट गुज्रिरहेको युनाइटेड आजको खेलमा आर्सनललाई हराउँदै शिर्ष ४ मा उक्लिने सम्भावना जीवित राख्न चाहन्छ । हाल युनाइटेड ३३ खेलबाट ५४ अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । छोराको मृत्युको कारण लिभरपुलबिरुद्ध भएको लिगको पछिल्लो खेल गुमाएका क्रिस्टियानो रोनाल्डो आजको खेलमा उपलब्ध हुनेछन् । युनाइटेडले लिगको पछिल्ल्लो ५ खेलमा मात्र एक जीत निकालेको छ ।

दुई टोलीबीच भएको पछिल्लो २६ भेटमा युनाइटेडले १२ खेलमा जीत निकाल्दा आर्सनलले ७ खेल जितेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *