दिल्लीलाई हराउँदै राजस्थान शिर्ष स्थानमा

एजेन्सी । जोस बट्लरले सिजनको तेस्रो सतक प्रहार गर्दै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदा राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै राजस्थानले प्रतियोगितामा पाँचौ जीत निकालेको हो ।

जीतको लागि २ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा ३६ रन चाहिएको अवस्थामा रोभ्मन पोवेलले शुरुवाती तीन बलमा छक्का प्रहार गरेपनि टोलीलाई जीत दिलाउन सकेनन् । दिल्लीको लागि कप्तान ऋषव पन्तले २४ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४४ रन जोडे ।

यस्तै ललित यादवले २४ बलमा ३ चौका र २ छक्का हिर्काउदै ३७ रन बनाउँदा पृथ्वी सहलेपनि ३७ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । पोवेलले १५ बलमा ५ छक्काको मद्दतमा ३७ रन बनाउँदा डेभिड वार्नरले २८ र शार्धुल ठाकुरले १० रनको योगदान गरे ।

दिल्लीको लागि प्रसिद्ध कृष्णल्व ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिँदा रविचन्द्रन अश्विनले २ र ओबेड कोवे र युज्वेन्द्र चहालले १/१ विकेट लिए ।

यसअघि वानखेडेमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो । राजस्थानको लागि बट्लरले सिजनको तेस्रो सतक पुरा गरे । उनले ६५ बलमा ९ चौका र ९ छक्काको मद्दतमा १ सय १६ रन बनाए । देभदत्त पडिक्कलले ३५ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए । यस्तै सन्जु सामसनले विस्फोटक ब्याटिङ गर्दै १९ बलमा ४६ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

बलिंङतर्फ खलिल अहमेद र मुस्तफिजुर रहमानले एक/एक विकेट लिए ।

जीतसँगै राजस्थान ७ खेलबाट १० अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिदा दिल्ली समान खेलबाट ६ अङ्कको साथ छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *