USAID

बट्लरको तेस्रो सतक, दिल्लीलाई विशाल विजयी लक्ष्य

एजेन्सी । जोस बट्लरले सिजनको तेस्रो सतक प्रहार गर्दै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईमा जारी खेलमा राजस्थानले दिल्लीलाई जीतको लागि २ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय २२ रन बनाएको हो । राजस्थानको लागि बट्लरले सिजनको तेस्रो सतक पुरा गरे । उनले ६५ बलमा ९ चौका र ९ छक्काको मद्दतमा १ सय १६ रन बनाए । देभदत्त पडिक्कलले ३५ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए । यस्तै सन्जु सामसनले विस्फोटक ब्याटिङ गर्दै १९ बलमा ४६ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

बलिंङतर्फ खलिल अहमेद र मुस्तफिजुर रहमानले एक/एक विकेट लिए ।

CivActsAd

Leave a Reply

Your email address will not be published.