काठमाडौं। भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमालेका सांसद महेश बस्नेतबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री धामी र सांद बस्नेतबीच भारतको देहराधुनमा भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम क्षेत्रमा धार्मिक पर्यटन विकासबारे छलफल भएको थियो ।
धामी र बस्नेतले एकअर्कालाई तुलसीको बिरुवासमेत दिएका थिए । मुख्यमन्त्री धामीले पशुपतिनाथको दर्शन गर्न नेपाल आउने इच्छा पनि व्यक्त गरेका छन् । मुख्यमन्त्रीको सचिवालयका अनुसार नेता बस्नेतले नेपाल भ्रमण गर्न दिएको निम्तो धामीले स्वीकार गरेका छन् ।