मेयर उपमेयर छान्न पोखरामा एमालेको मनोनयन दर्ता सकियो

पोखरा। नेकपा (एमाले)ले पोखराको मेयर र उपमेयरको नाम सिफारिस गर्ने भएको छ । अहिले चुनावका लागि मनोनयन दर्ता भइरहेको छ । निर्वाचन कमिटीका अनुसार मेयरमा १२ र उपमेयरमा नौजनाले नाम दर्ता गराएका छन् ।

मेयरमा दर्शन लामा, दीपकबहादुर पौडेल, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, कृष्णबहादुर थापा, सावित्री भण्डारी, विश्वकल्याण पराजुली, बालासिंह काउछा मगर र पुष्पराज अधिकारीले उम्मेद्वारी दिएका हुन् । उनीहरू सबैजना मंगलबार पनि आकांक्षीको नाम टिपाएका व्यक्ति हुन् ।

उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाको मनोनयन परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *