ताजिकिस्तानसँग नेपालको फराकिलो हार

काठमाडौं । किर्गिस्तानमा जारी एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार दिउँसो भएको समूहचरणको दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११-१ गोलले पराजित भएको हो ।

बिश्केकमा भएको खेलमा नेपालले पहिलो हाफमा ताजिकिस्तानलाई १-१ गोलको बराबरीमा रोकेपनि दोस्रो हाफमा १० गोल बेहोर्दै फराकिलो हार बेहोरेको हो । यसअघि भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोलले पराजित भएको थियो ।

लगातार दोस्रो हारसँगै नेपाल समूहचरणबाटै बाहिरिएको छ । अब नेपालले मंगलबार हुने अन्तिम खेलमा अफगानिस्तानको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *