रियलको सहज जित

काठमाडौं । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मेड्रिडले सहज जित निकालेको छ । रियलले घरेलु मैदानमा गेटाफेलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । सान्टियागो बर्नबेउमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३८औं मिनेटमा ब्राजिली मिडफिल्डर क्यासमिरोको गोलबाट रियलले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । उनले अर्का ब्राजिली विंगर भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *