घरेलु मैदानमा आर्सनल पराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलले घरेलु मैदानमा हार बेहोरेको छ । गएराति भएको खेलमा आर्सनल ब्रिघटनसँग २-१ गोलले पराजित भएको हो ।

इमिरेट्स रंगशालामा भएको खेलमा ब्रिघटनलाई जीत दिलाउन लियोनार्दो ट्रोसार्ड र इनोक एम्वेपुले एक/एक गोल गरे । आर्सनलको लागि मार्टिन ओडेगार्डले एक गोल फर्काए । खेलको २८ औं मिनेटमा एम्वेपुको पासमा ट्रोसार्डले गोल गर्दै ब्रिघटनलाई शुरुवाती अग्रता दिलाएका थिए ।

६६ औं मिनेटमा एम्वेपुले गोल गर्दै ब्रिघटनको अग्रता दोब्बर बनाए । ८९ औं मिनेटमा जाकाको पासमा ओडेगार्डले गरेको गोल आर्सनलको लागि सान्तवनामा सिमित रह्यो । जीतसँगै ब्रिघटन ३१ खेलबाट ३७ अङ्क जोड्दै ११ औं स्थानमा उक्लिंदा पराजित आर्सनल ५४ अङ्कको साथ पाँचौ स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *