पुटिनका छोरीहरूमाथि बेलायतद्वारा प्रतिबन्ध घोषणा

यूक्रेनमाथि जारी आक्रमणको जवाफमा बेलायतले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ । बेलायतले रूसी विदेशमन्त्री सर्गेई लाभरोभमाथि पनि प्रतिबन्ध लगाएको बेलायती सरकारले विज्ञप्तिमार्फत् जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आजबाट क्रेमलिनको भित्री घेराको भव्य जीवनशैली थप लक्षित गर्दै बेलायतले राष्ट्रपति भ्लादिमिर पुटिन र उनका विदेशमन्त्री सर्गेई लाभरोभका छोरीहरूलाई प्रतिबन्ध लगाउने भएको छ ।”

राष्ट्रपति पुटिनकी छोरी क्याटरिना भ्लादिमिरोभना टिखोनोभा,मारिया भ्लादिमिरोभना भोरोन्सोभा तथा विदेश मन्त्री सर्गेई लाभरोभकी छोरी येकाटेरिना सर्गेइभाना भिनोकुरोभालाई यात्रा प्रतिबन्ध लगाउँदै उनीहरूको बेलायतमा रहेको र सम्पत्ति जफत गरिने निर्णयमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *