नेपाल बारमा गोपालकृष्ण घिमिरेको प्यानलै विजयी

काठमाडौं । नेपाल बार एसोसियसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न मतगणनाअनुसार घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याएका छन् । महासचिवमा भने अन्जिता खनाल विजयी भएकी छन्। उनले ३६ सय ८२ मत ल्याएकी छन्।

उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् । अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ। घिमिरे गठबन्धनका तर्फबाट चुनाव लडेका थिए भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *