आगामी निर्वाचनमा तीन सिट जितेर देखाउन माधव नेपाललाई ओलीको चुनौति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा तीन सिट जितेर देखाउन माधव नेपाललाई चुनौति दिएका छन् । शुक्रबार राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा माधव नेपाललाई तीन सिट जितेर देखाउन चुनौति दिएका हुन् ।

विगतमा ५४/५४ सिट जितेको माओवादी केन्द्र चार सिट पनि आउँदैन भनेर आफूहरुसँग मिलेको बताए । उनले भने, ‘माधव नेपाल र उनी नेतृत्वको पार्टी २२/२३ सिट ल्याउने हुति भएको पार्टी हो ? अब तीन सिट ल्याएर देखाउन् त । प्रचण्डको ५४/५४ सिट आउने हो चुनावमा । चारवटा सिट आउँदैन भनेर हामीसँग मिल्या होइन ?’

अध्यक्ष ओलीले केही तत्वले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि कलेज नै सञ्चालन गर्न नदिएर विद्यार्थी विदेश पठाएर पैसा कमाउने धन्दा गरिरहेको आरोप लगाए । उनले भने, ‘भौतिक संरचना निर्माण गरेको छ। जनशक्ति तयार भएको छ। तर, अनुमति दिन खोज्यो कि केही मानिस हड्तालदेखि भोकै बसेर हैरान गर्ने काम भएको छ ।’

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीप्रति लक्षित गर्दै अध्यक्ष ओलीले एकजनाले सुत्दिम् भनेपछि सरकार डरले थरथर हुने अवस्था रहेको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *