सबैतिर तालमेल गरेर जाने निर्णय भयोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् । शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताए । उनले भने, “मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।”

अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताए । उनले भने, “छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *