USAID

बतास समूहले संचालन गरेको पशुपति धर्मशालामा सरकारले लगायो ताला

काठमाडौं । बतास समूहले भाडामा लिएर सञ्चालन गरेको पशुपति धर्मशालामा सरकारले ताला लगाएको छ । सरकारको निर्णय गैरकानुनी भएको भन्दै क्षतिपूर्ति दाबी गर्दै बतास समूह अदालत पुगेको भोलिपल्टै सरकारले ताला लगाएको हो । पशुपति विकास कोषका कर्मचारी पुगेर धर्मशालामा तालाबन्दी गरेका हुन् ।

करिब दुई घण्टाको घम्साघम्सीपछि पनि होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला लगाएको छ । कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन सूचित गरेको छ । बतास समूहले सम्झौता रद्द गर्ने सरकारको निर्णयले २५ करोड रुपैयाँ क्षति पुगेको बताएको छ ।

सम्झौताअनुसार काम नभएको भन्दै कोषले चैत १७ गते बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ।

CivActsAd

Leave a Reply

Your email address will not be published.