USAID

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच बर्षमा १७ अर्ब रुपैयाँ खर्च

काठमाडौं। सरकारले पाँच वर्षअघि लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत हालसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार चालू आवको फागुनसम्म विमकबाट उठेको २७ अर्व १६ करोड ५९ लाखमध्ये विभिन्न अस्पताललाई दिएको शोधभर्ना अनुसार सो रकम खर्च भएको हो।

बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो अवधिमा देशभरका ४४१ अस्पतालले भने २४ अर्ब २५ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी माग पठाएका छन् । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले अस्पतालले दाबी गरेको औषधी उपचार खर्चर बोर्डले गरेको भुक्तानीमा प्रचलित ऐन र नियमावली अनुसार कागजात फरक देखिएका कारण दाबी भुक्तानीमा अन्तर आएको बताए ।

अस्पतालहरुले २४ अर्वको बीमा दाबी भुक्तानी माग गरे पनि बोर्डले कागजात मिलेका अस्पताललाई १७ अर्व भुक्तान गरेको हो। विगत ६ वर्षमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सरकारले २० अर्ब ५९ करोड अनुदान र बिमाको प्रिमियक संकलन ६ अर्ब ५६ करोड रुपैयाँ गरी २७ अर्व संकलन भएको छ।

सरकारको लक्षित वर्गमा पर्ने विभिन्न आर्थिक तथा सामाजिक क्षेत्रका नागरिकको स्वास्थ्य बिमाबापतको बीमा रकमका लागि गत र चालू आर्थिक वर्षमा १५ अर्ब भन्दा अनुदान दिएको आजको कारोबार दैनिकमा खवर छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.