USAID

युरोपा लिग: बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी । युईएफए युरोपा लिगमा बार्सिलोना बराबरीमा रोकिएको छ । बिहीबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

जर्मनीमा भएको खेलमा फ्रान्क्फुर्टको लागि अन्सगार नाउफले एक गोल गर्दा बार्सिलोनाको लागि फेरान टोरेसले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा नाउफले गोल गर्दै फ्रान्कफुर्टलाई शुरुवाती अग्रता दिलाएका थिए ।

६६ औं मिनेटमा डि योङको पासमा टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो । दुई टोलीबीचको दोस्रो लेग १४ अप्रिलमा हुनेछ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.