७ जनामा कोभिड संक्रमण, २५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६६८ वटा नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा २५ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७४७ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *