USAID

अधिवक्ता गोविन्द बन्दी कानुनमन्त्रीमा सिफारिस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सिफारिस गरेका छन् ।

उनको शपथ राष्ट्रपति कार्यालय दिउँसो २ बजेका लागि राखिएको बताइएको छ । संक्रमणकालीन न्यायका ज्ञाताका रुपमा चिनिएका बन्दी गैरसांसद हुन् ।

बन्दीलाई कानून मन्त्री बनाइएपछि कानून मन्त्रालयको नेतृत्व गरिरहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री देउवाको तयारी छ । बन्दीले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए ।

CivActsAd

Leave a Reply

Your email address will not be published.