काठमाडौं । नेकपा एमालेले निर्वाचन आचार संहितामा त्रुटि रहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ । एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा दिउँसो १ बजे टोली जान लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
आयोगले आचारसंहितामा राजनीतिक दलका भ्रातृ संगठनले पनि प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको भन्दै एमालेले ध्यानाकर्षण गराउन लागेको हो ।