काठमाडौं। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एक साता भित्रै आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नयाँ बर्षमो भोलीपल्ट अर्थात वैशाख २ गतेदेखि आइपिओ खुला गर्न लागेको हो । कुल ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपिओ जारी गर्न लागेको कम्पनीले जनाएको छ ।
लघुवित्तले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारीहरूका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।