स्वास्थ्यकर्मीको सम्मानार्थ डा. भुसाल सगरमाथा चढ्ने

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन् । आगामी मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।

सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गरेकी डा भुसाल गतवर्ष सगरमाथाको आधार शिविरसम्म पुगिसकेकी छन् । डा भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिइन् ।

मेडिकल डाइरेक्टर डा विनोद विजुक्छे र प्रमुख कार्यकारी अधिकृत अमृत खन्नाले अस्पतालका तर्फबाट शुभकामना दिए । कोरोना महामारीबाट ज्यान गुमाएका स्वास्थ्यकर्मीको सम्मान र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा आउने नकारात्मक परिवर्तनसम्बन्धी सचेतना फैलाउने मुख्य उद्देश्यसहित डा भुसाल सगरमाथा आरोहणमा जान लागेकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *