पल शाहलाई पुर्पक्षका लागि थुनामा नवलपुर अदालतको आदेश

नवलपुर । जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्म शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो ।

तनहुँ जिल्ला अदालतको फैसालअनुसार पुर्पक्षका लागि थुनामा रहेका शाहलाई नवलपुर अदालतले तनहुँ नै पठाएको हो । तीनजना वकिलले किशोरीको तर्फबाट र ९ जना वकिलले शाहको पक्षबाट बहस गरेका थिए । किशोरीपक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको थियो । उनीमाथि एक नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *