तुवाँलोले हवाई उडानमा सधैं पिरलो

पोखरा । पछिल्लो साता पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भए। एक साता अघिदेखि दिनहुँ ‘डिस्टर्व’ भइरहेका उडान सोमबार मात्र तोकिएको संख्यामा हुन सके। तुवाँलोका कारण भिजिविलिटी नपुग्दा पोखराबाट विभिन्न गन्तव्यका लागि हुने उडान प्रभावित हुँदै आएका छन्। तुवाँलोका कारण उडान प्रभावित हुँदा यात्रुलाई भने सधैं सास्ती हुने गरेको छ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार पछिल्लो एक सातादेखि दिनहुँ आधाजसो उडान रद्द भइरहेका थिए। एक सातापछि सोमबार बल्ल तोकिएका सबै उडान हुन सकेको उनले बताए। पछिल्लो समय पोखरा विमानस्थलबाट दिनमा करिब तीन दर्जन ९एकतर्फी० उडान हुने गरेका थिए। त्यसबाहेक अल्ट्रालाइट र हेलिकप्टरको उडान पनि उत्तिकै हुने गरेको थियो।

पोखरा विमानस्थलले दिनमा एक सय बढी उडान र अवतरण व्यवस्थापन गर्दै आएको छ तर भिजिविलिटी नपुग्दा उडान र अवतरण प्रभावित भएको सुवेदीले बताए। ‘एकसातादेखि दैनिक आधाजति उडान अवरुद्ध भए। अल्ट्रालाइटका उडान पनि प्रभावित भए। डाँडाकाँडा ढाकिने गरी बाक्लो तुवाँलो लागेकाले उडान नै अनिश्चित हुने गरेको छ’, उनले भने– ‘सोमबार पनि अन्योल कायमै रहेको थियो तर कुनै पनि वेला रोकिन सक्ने आशंकाका बीच तालिका अनुसार नै उडानहरू भए।’ तुवाँलोका कारण वेलावेला पोखराबाट हुने उडान प्रभावित हुँदा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनले बताए। ‘उडान हुनका लागि आवश्यक पाँचहजार मिटरको भिजिविलिटी नै पुग्दैन। त्यसैले उडान रोकिने गरेका छन्’, उनले भने– ‘पोखराको भिजिविलिटी चारहजार मिटरमा सीमित हुने गरेको छ।’

पोखराबाट बिहान ६ बजे नै मुस्ताङको जोमसोमका लागि उडान सुरु हुन्छ तर अहिले विमानस्थल बिहानको समयमा खुल्नै छाडेको छ। बिहानपख खुलेको खण्डमा पनि केहीबेरपछि पुन बन्द हुने गरेको छ। गत शनिबार बिहान ६ बजे नै खुलेको विमानस्थल ७ बजेपछि बन्द भएको थियो। तुवाँलो बढ्दा जोमसोमबाट फर्केको जहाज अवतरणमा कठिनाइ भएको थियो। विमानस्थल खुलै रहेको जानकारी पाएपछि जोमसोमबाट उडेको जहाज पोखरा आइपुग्दा तुवाँलोले ढाकिसकेको थियो।

बिहानपख खुलेको विमानस्थल उडान र अवतरण पनि तुुवाँलोले ढाकेपछि रोकिने गरेको आजको नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *