कांग्रेस घोषणापत्र २९ जनाले लेख्ने

काठमाडौं। नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणपत्र लेख्न २९ सदसीय समिति गठन गरेको छ।

महामन्त्री गगन थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई सभापति शेरबहादुर देउवाले सोमबार विस्तार गर्दै २९ जनाको बनाइएको हो। समितिमा सभापति देउवा पत्नी एवं केन्द्रीय सदस्य आरजु राणाका साथै केन्द्रीय सदस्यहरू मधु आचार्य, गोविन्दराज पोखरेल, नृपबहादुर वड, कान्तिका सैजुवाल सदस्य छन्।

त्यस्तै, पूर्वकेन्द्रीय सदस्यका साथै स्थानीय तहका प्रमुख, उपप्रमुखका साथै पार्टीका नेता तथा कार्यकर्तालाई पनि समितिमा समेटिएको छ। समितिले उम्मेदवारी मनोनयन अघि नै घोषणापत्र तयार गर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *