नेप्से ३० अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ३० दशमलव ८९ अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ४१ विन्दुमा झरेको छ ।

म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २४ वटा कम्पनीका ३२ लाख ५३ हजार कित्ता शेयर एक अर्ब ४६ करोड सात लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सूर्य लाइफ इन्सुरेन्सको नौ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै युनाइटेड मर्दी जलविद्युत् र सूर्य लाइफ इन्सुरेन्स कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि राष्ट्रउत्थान र नेष्डो समृद्ध लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *