आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति जुटेको छ । निगमले पेट्रोलियम व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आइतबारदेखि तय भएको आन्दोलन फिर्ता लिने सहमति भएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले शनिबार साँझ भएको वार्तामा दुई पक्षबीच सहमति भएको जानकारी दिए । कमिसन र भाडा बढाउनुपर्ने माग गर्दै पेट्रोलियम व्यवसायीहरू आन्दोलित भएका थिए । ढुवानी व्यवसायीले पनि आफ्ना माग पूरा नहुँदासम्म ढुवानी नगर्ने जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *