ला लिगामा रियल म्याड्रिड र सेल्टा भिगो भिड्दै

एजेन्सी । स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिडले सेल्टा भिगोको सामना गर्दैछ । अबान्का बालाइडोसमा हुने खेल नेपाली समय अनुसार राति १०:१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । ला लिगाको शिर्ष स्थानमा रहेको म्याड्रिड भिगोलाई हराउँदै दोस्रो स्थानमा रहेको सेभिल्लासँग अङ्क दुरि बढाउन चाहन्छ । हाल म्याड्रिडको २९ खेलबाट ६६ अङ्क रहेको छ । लिगको पछिल्लो खेलमा बार्सिलोनासँग ४-० गोलको लज्जास्पद हार बेहोरेको म्याड्रिड आजको खेल जित्दै पुनरागनन गर्न चाहन्छ ।

यता सेल्टा भिगोपनि आजको खेलमा म्याड्रिडलाई स्तब्ध बनाउँदै लिगको शिर्ष १० मा उक्लिन चाहन्छ । हाल भिगो २९ खेलबाट ३६ अङ्क जोड्दै लिगको ११ औं स्थानमा रहेको छ । सेल्टाले पछिल्लो ५ खेलमध्य १ खेलमा मात्र जीत निकाल्न सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *