USAID

पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउछौंः मोदी

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको जस्तो निकटको सम्बन्ध कसैसँग नभएको बताएका छन् । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताएका हुन् ।

उनले भारत र नेपालबीचको मित्रता, दुई देशका नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कतै नभएको बताए । मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको बताए ।

त्यस्तै आफूहरुबीच आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएको उनले बताए । मोदीले भने, ‘पावर सेक्टरमा सहयोगको अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं । पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउन जोड दियौं । यो क्षेत्रको विकासका लागि पञ्चेश्वर गेम चेन्जर परियोजना हुनेछ ।’

उनले नेपालको जलविद्युत क्षेत्रमा भारतीय कम्पनीको अधिक सहभागिताका लागि पनि आफूहरुबीच सहमति भएको बताए । उनले नेपाल पुलिस एकेडेमी, नेपालञ्जमा एकीकृत भन्सार जाँच चौकी, रामायण सर्किट आदिले यसलाई सघाउने भन्दै खुल्ला सीमाको दुरुपयोग नहोस् भनेर छलफल गरेको बताए ।

CivActsAd

Leave a Reply

Your email address will not be published.