काठमाडौं। दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा नेकपा (एमाले)मा फर्कने भएका छन् । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापा पुनः एमालेमा फर्कने तयारीमा रहेका छन् थापाले पछिल्लो समय एसको कार्यक्रममा सहभागितासमेत जनाउन छोडेका छन् ।
अध्यक्ष थापा संगै सोही पालिकाका वडाअध्यक्षहरु समेत एमालेमा फर्कने तयारीमा रहेका छन् । अध्यक्ष थापा एमालेमा फर्कने भएपछि कार्यकर्ता थप हौसिएका छन् ।अध्यक्ष थापा २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार भइ निर्वाचित भएका थिए ।