काठमाडौंमा बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाण्डौको महांकालमा ग्यास बुलेट ट्याङकरको ठक्करबाट घाईते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका काठमाण्डौ महानगरपालिका–१ घर भएका ६४ बर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई विहिबार ट्याङकरले ठक्कर दिएको थियो ।

बा ६४ प ६३८० नम्बरको मोटरसाइकलमा सवार मोहम्मदलाइृ बागमति प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले ठक्कर दिएको हो । बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *