काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ चैत २७ गतेदेखि निष्कासन हुँदैछ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभाका बासिन्दाहरुका लागिका आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले प्रतिसेयर १ सय अंकित मूल्यका ७ लाख कित्ता साधारण सेयर निष्कासन गर्दै छ। कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा २०७९ वैशाख ११ गते हुनेछ भने ढिलोमा बैशाख २६ गते हुनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।