सुन र चाँदीको भाउमा निरन्तरको गिरावट

काठमाडौं, चैत १६ । नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ ९८ हजार ८ सय रुपैयाँमा झरेको छ भने तेजावी सुन ९८ हजार ३ सय रुपैयाँमा झरेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३६० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *