खुल्यो बलेफी हाइड्रोपावरको आइपिओ

काठमाडौं। बलेफी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि १८ लाख २७ हजार कित्ता आइपिओ बिक्री खुला गरेको छ।

कम्पनीले कुल १८ लाख २७ हजार ९ सय ७० कित्ता आइपिओ मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामूहिक लगानी कोषहरूको लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता आइपिओ सर्वसाधारणमा जारी गरेको छ।

इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्। आवेदन भने चैत १६ गतेदेखि चैत्र २१ गतेसम्म दिन सकिने छ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *