२ अर्बको लागतमा तरकारी बजार सञ्चालन, अध्यक्ष ओलीले आज उद्घाटन गर्ने

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको तरकारी बजार आजबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको उक्त तरकारी बजारको अहिले विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

२ अर्ब लागतमा निमार्ण दाबी गरिएको उक्त तरकारी बजारको नाम ‘सूर्यविनायक हरित कृषि थोक बजार’ नामाकारण गरिएको छ । करिव ३५ रोपनी क्षेत्रफलमा फैलिएको तरकारी बजारभित्र साढे सात सय स्टलहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *