एजेन्सी । चर्चित इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट आजबाट मुम्बईमा शुरु भएको छ । वानखेडे रंगशालामा केही समयमा शुरु हुने उद्घाटन खेलमा कलकताले टस जितेर चेन्नईलाई ब्याटिङको निम्तो दिएको छ ।
आज हुने खेलमा दुवै टोली जीत निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहन्छन् । आज दुवै टोली नयाँ कप्तानसहित मैदान उत्रिनेछन् । दशक भन्दा बढी समय चेन्नईको कप्तानी गरेका महेन्द्र सिंह धोनीले बिहीबार टोलीको कप्तानी छोड्दै रविन्द्र जडेजालाई पद सुम्पिएका थिए भने कलकताले मेगा अक्सनमा श्रेयस आयरलाई अनुबन्ध गरेको थियो । यसअघि दिल्लीको कप्तानी समालेका आयरले यस सिजन कलकताको कप्तान रहेका छन् ।
चेन्नईको प्लेइङ ११:- रुतराज गैकवाड, डेभोन कोन्वे, अम्बती रायडु, रविन्द्र जडेजा(कप्तान), रोविन उथप्पा, महेन्द्र सिंह धोनी, ड्वायन ब्राभो, शिभम डुभे, मिट्चेल सान्टनेर, एडम मिल्ने टुशार डेश्पान्डे
कलकताको प्लेइङ ११:- श्रेयस आयर(कप्तान), अजिङ्के रहाणे सुनिल नरायण,भेन्कातेश आयर, नितेश राना, आन्द्रे रसेल, साम बिलिङ्स, शिभम माभी, बरुन चक्रवती, उमेश यादव, शेल्डन ज्याक्सन
