मधेसमा आक्रामक रुपमा अघि बढ्दै ओली

काठमाडौं । अर्को महिना (वैशाख) देखि मुलुकमा चुनावी वर्ष सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिक र मंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ । त्यही भएर एमाले अध्यक्ष केपी ओली मधेसमा पार्टीको प्रभावु जमाउन सक्रिय छन् । त्यहाँका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउँदै स्थानीय तहमा तराई र मधेसमा पार्टीको स्थिति मजबुत बनाउनतिर ओली क्रियाशील छन्।

हिमाल र पहाडमा एमालेको संगठन मजबूत नै मानिन्छ। विगतमा मधेस र संघीयता विरोधीको ट्यागु एमाले माथि छ। त्यही भएर एमाले अध्यक्ष ओलीको ध्यान तराई मधेसमा केन्द्रित रहेको एमालेकै नेताहरू बताउँछन् । सत्ता सहयात्री दलहरू गठबन्धन बनाएर चुनावमा जाने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली भने तराई-मधेसका जनप्रतिनिधिलाई पार्टीलाई धमाधम भित्र्याउँदैछन्।

चुनाव जित्ने रणनीतिमा ओली छन्। ओली आफै मधेसमा नेताहरू पार्टीमा भित्र्याउन खटिएका छन् । कार्यक्रममा आफै जान्छन्, र नेताहरू प्रवेश गराइरहेका छन्। वीरगन्ज, रंगेली, नेपालगन्ज, कपिलवस्तु, बारालगायत स्थानमा भएको पार्टी प्रवेशमा अध्यक्ष ओली नै गए। एमाले मधेसमा आक्रामक रूप अगाडि आएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *