USAID

कांग्रेससँग गठबन्धन नभए बाँकी चार दलको गठबन्धन हुन्छः खतिवडा

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले स्थानीय तह निर्वाचनमा गठबन्धनबीच तालमेल आवश्यक रहेको बताएका छन् ।

शुक्रबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्र जोगाउन गठबन्धन आवश्यक रहेको बताएका हुन् ।

उनले भने,‘प्रतिगमनकारीलाई कमजोर बनाउन गठबन्धन आजको आवश्यकता हो । लोकतन्त्र जोगाउन र संसद्लाई स्थायित्व गर्न गठबन्धन चाहिन्छ ।’ कांग्रेसमा अन्योल छ । तर, प्रधानमन्त्री गठबन्धन गर्न तयार हुनुहुन्छ । कुनै कारण कांग्रेस गठबन्धनमा भएन भने बाँकी चार दलको गठबन्धन हुन्छ ।’ चुनावी गठबन्धन नबने पनि सत्ता गठबन्धन भने नटुट्ने उनको भनाइ छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.