मालीमा हिंसामा परी ८८६ नागरिकको मृत्यु

गत वर्षको दोस्रो ६ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएका मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले जनाएको छ । पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको उसले जनाएको छ ।

दस्तावेजका अनुसार गतवर्षको पहिलो छ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको देखिएको छ । समूह फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम जस्ता समूहहरूबाट हुने मानवअधिकार उल्लङ्घनमा भने अघिल्लो अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ ।

रिपोर्टमा भनिएको छ हिंसा देशको केन्द्रमा विशेष गरी बन्दियागारा, डुएन्जा, मोप्ती र सेगोउ क्षेत्रहरूमा केन्द्रित थियो । सन् २०१२ देखि मालीले सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुआयामिक सङ्कटको सामना गरिरहेको छ । स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तर–सामुदायिक हिंसाले यस पश्चिम अफ्रिकी देशमा हजारौंको ज्यान लिएको छ भने हजारौं विस्थापित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *