USAID

महराका स्वकीय एमालेमा प्रवेश

काठमाडौँ । केही दिनअघि माओवादी केन्द्र परित्याग गरेका प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव रहेका शर्मा बिहीबार एमाले प्रवेश गरेका हुन् ।

उनीसँगै पत्नी सीता चौधरी पनि एमाले प्रवेश गरेकी हुन्। उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।

 

CivActsAd