USAID

पहिलो हाफमा नेपाललाई अग्रता

काठमाडौं । साफ यु-१८ महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्ध जारी खेलमा नेपालले अग्रता लिएको छ । जेआरडी टाटा कम्प्लेक्समा जारी खेलको पहिलो हाफको समाप्तिमा नेपालले बंगलादेशविरुद्ध १-० गोलको अग्रता लिएको हो ।

पहिलो हाफमा नेपाललाई अग्रता दिलाउन अमिशा कार्कीले एक गोल गरिन् । खेलको चौथो मिनेटमै अमिशाले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी हुन् । बाँकी समयमा थप गोल नहुँदा नेपाल पहिलो हाफको समाप्तिमा १-० गोलले अगाडि रहेको हो । दोस्रो हाफ केहिबेरमा शुरु हुनेछ ।

च्याम्पियनसिपको पहिलो भेटमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहन्छ भने बङ्गलादेश आफ्नो जितलाई कायम राख्न चाहन्छ । नेपाल, भारत र बङ्गलादेश सहभागी उक्त च्याम्पियनसिपमा नेपालले लगातार तीन खेलमा पराजय भोगेको छ ।

नेपाल भारतसँग ७–०, बङ्गलादेशसँग ४–२ र भारतसँग पुन ५–१ गोलअन्तरले पराजित भएको छ । तीन खेल खेलेको भारतले तीन खेलमा नै विजयी हुँदै नौ अङ्क जोडेको छ । भारत अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुई खेल खेलेको बङ्गलादेशले तीन अङ्क जोडेको छ । बङ्गलादेश अङ्क तालिकाको दोस्रो स्थानमा छ । अङ्क विहीन रहेको नेपाल भने अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

डबल राउण्ड रोविनको आधारमा जारी उक्त च्याम्पियनशिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *