USAID

राष्ट्रिय भलिबलमा पुलिस र आर्मी सेमिफाइनलमा

धनगढी । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’अन्तर्गत बुधबारको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित गर्यो । त्यसक्रममा २५–१७, २५–२१ २५–९ को सेटले आर्मीसँग प्रदेश नम्बर १ पराजित भएको हो । खेलका ‘म्यान अफ द म्याच’ आर्मीका दुर्गा खड्का भए ।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । पुलिसले २५–८, २५–९ र २५–१५ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ पुलिस क्लबका हिम राना भए ।

आजै बिहान भएको अर्को खेलमा घरेलु टोली सुदूरपश्चिम बागमती प्रदेशलाई पराजित गर्दै समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको छ । सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–१ को सेटले पराजित गरेको हो ।

पहिलो र दोस्रो सेट २५–१६ र २५–२३ ले जितेको सुदूरपश्चिमले तेस्रो सेट भने १६–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२ ले जित्दै सुदूरपश्चिम समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो ।

खेलका म्यान अफ द म्याच सुदूरपश्चिमका सन्तोष महता भए । प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.