USAID

सगरमाथा जाने बलिउड सुपरस्टार सलमान खानको चाहना

काठमाडौँ । एउटा सांगीतिक कार्यक्रम लिएर नेपाल आउन लागेका बलिउड सुपरस्टार सलमान खानसँग संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले संवाद गरेका छन् ।

बुधबार भएको भर्चुअल संवादमा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए । त्यसक्रममा सलमानले सगरमाथा चढ्ने इच्छा देखाएका छन् । कोरोना महामारीका कारण धराशायी बनेको नेपालको पर्यटन प्रवद्र्धनका लागि खानलाई सगरमाथा आरोहरणका लागि निम्तो दिएका हुन् ।

पर्यटनमन्त्री आलेले उनलाई हेलिकप्टरमार्फत सगरमाथामा घुमाउने प्रस्ताव गरेका थिए । जवाफमा खानले त्यहाँ जाने बताएका छन् । मन्त्री आलेसँगको संवादमा खानले भने,‘मन्त्रीज्यू निम्तोका लागि धन्यवाद । अवश्य सगरमाथा चढ्छु, बिस्तारै बिस्तारै भए पनि ।’ खान ओडिसी इन्टरटेन्टमेन्ट र हिटा समूहको निम्तोमा आगामी जेठ १४ गते नेपाल आउने कार्यक्रम छ ।

 

CivActsAd

Leave a Reply

Your email address will not be published.