USAID

लेटाङ घटना छानबिन गर्न समिति गठन

विराटनगर । मोरङको लेटाङमा महिला प्रहरी जवानको मृत्यु भएको घटना छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति गठन गरिएको छ ।

बुधबार प्रदेश एक प्रहरी कार्यालयले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । उनको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिएका छन् । गत आइतबार लेटाङ नगरपालिका–१ स्थित शिक्षा माविमा प्रहरी र स्थानीयबीच झडप भएको थियो।

चैत ४ गते होलीका दिन एक शिक्षक छात्राको घरमा पुगेका थिए। घरमा पुग्ने बित्तिकै उनले छात्रासँग पानी मागेका थिए। पानी ल्याएर दिने क्रममा ती शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ ।

त्यसै विषयमा विद्यालयमा छलफल हुँदा उग्र रूप लिएको हो । प्रहरीले ती शिक्षकलाई पक्राउ गर्न जाँदा उनलाई बचाउन खोजेको भन्दै भीडले प्रहरीमाथि नै आक्रमण गरेको थियो। त्यसक्रममा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो भने प्रहरी उपरीक्षक जनार्दन जिसीसहित ३० जना घाइते समेत भएका थिए ।

CivActsAd

Leave a Reply

Your email address will not be published.