USAID

संसदमा जारी अवरोध हटाउन एमालेका दुई शर्त

काठमाडौं । नेकपा एमालेले संसदमा जारी अवरोध हटाउन दुई वटा शर्त अघि सारेको छ । बुधबारदेखि शुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा सदन सञ्चालनका लागि पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदमाथि कारबाही या सभामुख अग्नि सापकोटाको राजीनामा शर्त राखिएको छ ।

सदनको प्रतिपक्षी मात्र नभई मुलुककै ठूलो दलले अगाडि सारेको लोकतन्त्रसँग जोडिएको प्रश्नमा गम्भीर ढंगले छलफल नगरिएको एमालेको आरोप छ । अध्यक्ष ओलीले संसदलाई बेकम्मा सावित गर्ने दूराशय देखिएको समेत टिप्पणी गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टी स्पष्ट छ– प्रतिनिधि सभा पुनःस्थापना गर्ने २०७८ असार २८ गतेको परामादेशप्रति गम्भीर असहमतिका बाबजुद हामी सदनलाई नियमित सञ्चालन र प्रभावकारी बनाउन चाहन्छौं । र, त्यसैगरी प्रस्तुत पनि भइरहेका थियौं । तर त्यसका लागि या त १४ जना सांसदहरूको कारबाहीको सूचना सभामुखले टाँस गर्नुपर्छ या निजले पदबाट राजीनामा दिनुपर्छ ।’ भदौ २३ गतेदेखि एमालेले लगातार प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ ।

 

CivActsAd

Leave a Reply

Your email address will not be published.