USAID

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमान्त्रीको आग्रह

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री खानले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना गरिरहेका समस्याका बारेमा अध्ययन गर्न आग्रह गरेका छन् ।

उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार यस सम्मेलनमा विश्वव्यापी तथा क्षेत्रीय राजनीतिक एवं अन्य मुद्दाहरु, एजेण्डामा छलफल भइरहेको छ ।

त्यस सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री खानले लामो हिंसात्मक द्वन्द्वपछि हाल तालिबान सरकार रहेको अफगानिस्तानमा अहिले नै मानवीय सहायताको खाँचो परेको र यसका लागि सहयोग गर्नु इस्लामिक देशहरुको कर्तव्य पनि भएको बताएका थिए ।

CivActsAd

Leave a Reply

Your email address will not be published.