आज कतिमा किनबेच भईरहेको छ सुन?

काठमाडौं । सुनको भाउ बुधबार एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *