सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको?

काठमाडौ । सुनको भाउ सोमबार ताेलामा तीन सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतिताेला ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि,आइतबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ ताेकिएकाे छ । चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी साेमबार पनि सोही मूल्यमा निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *