USAID

टस जितेर पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत केहिबेरमा युएईविरुद्ध हुने खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । युएईविरुद्ध पछिल्लो खेलमा प्लेइङ ११ मा रहेका असिफ शेख, कमल सिंह एरि र सागर ढकालको स्थानमा विनोद भण्डारी, पवन शराफ र विक्रम सोबले मौका पाएका छन् ।

आज हुने खेलमा नेपाल युएईमाथि बदला लिने लक्ष्य साथ मैदान उत्रिनेछ । सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग ४८ रनले पराजित गरेको थियो । उक्त खेलमा उत्कृष्ट बलिंङ प्रदर्शन गरेपनि ब्याटिङमा चुक्दा नेपाल पराजित हुन पुगेको थियो । नेपाललाई आजको खेल जित्दै लिगमा आफ्नो अंक बढाउने अवसरपनि रहेको छ । हाल नेपाल १० खेलबाट १० अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ ।

यता युएईपनि आजको खेल जित्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । सिरिजको शुरुवाती दुई खेलमा पपुवा न्युगिनी र नेपाललाई पराजित गरेको युएई शनिबार भएको खेलमा पपुवा न्युगिनीसँग ६ विकेटले पराजित भएको थियो । हाल युएई १७ खेलबाट २० अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।

नेपालको प्लेइङ ११:- कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह एरी, रोहित कुमार पौडेल, असिफ शेख, पवन सरार्फ, विनोद भण्डारी(विकेटकिप्पर), करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने(कप्तान) विक्रम सोब

CivActsAd

Leave a Reply

Your email address will not be published.