एजेन्सी । म्यानचेस्टर सिटी र लिभरपुल एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा साउथाम्प्टनलाई ४-१ गोलले पराजित गर्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो ।
सेन्ट म्यारी रंगशालामा भएको खेलमा सिटीलाई जीत दिलाउन रहिम स्टेर्लिङ,केभिन डि ब्रुयन, फिल फोडेन र रियाद माह्रेजले एक/एक गोल गरे । साउथाम्प्टनले एक गोल उपहार पाएको हो । खेलको १२ औं मिनेटमा जेससको पासमा स्टेर्लिङले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा यमेरिक लापोर्टेले गोल गर्दै साउथाम्प्टनलाई बराबरीमा ल्याए । ६२ औं मिनेटमा केभिन डी ब्रुयनले पेनाल्टीमा गोल गर्दै सिटीलाई २-१ गोलको अग्रता दिलाए । ७५ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । यस्तै ७८ औं मिनेटमा गुन्डोगानको पासमा माह्रेजले गोल गर्दै सिटीलाई ४-१ गोलको जीत दिलाए ।
यस्तै गएरातिनै भएको अर्को खेलमा लिभरपुलले नोट्टिङ्हाम फरेस्टलाई १-० गर्यो । लिभरपुललाई जीत दिलाउन डिएगो जोटाले निर्णायक गोल गरे ।
अब १६ अप्रीलमा हुने सेमिफाइनल खेलमा चेल्सीले क्रिस्चल प्यालेस तथा म्यानचेस्टर सिटीले लिभरपुलको सामना गर्नेछ ।