एमाले पोलिटब्युरो बैठक बस्दै, उम्मेदवारको मापदण्ड र घोषणापत्रबारे छलफल हुने

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बस्दैछ । अहिले विहान ११ बजेदेखि बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु हुने बैठकमा स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल हुने जनाईएको छ ।

एमालेले यहि बुधबार र विहिबार केन्द्रीय कमिटीको तेस्रो बैठक आह्वान गरेको छ । उक्त बैठक बस्नुअघि आज पोलिटब्युरो बैठक बस्न लागेको हो ।

गत चैत १ गते बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक बस्ने निधो गरेको थियो । स्थायी कमिटीको बैठक भने चैत १३ गते बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

preload imagepreload image