म्यादी प्रहरी भर्नामा आकर्षण(फोटोफिचर)

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै फारम भर्नेको भीड लागेको छ । फाराम भर्न काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसरमा युवायुवतीको भिड लागेको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न आवेदन खुलाइएको छ । फाराम यही चैत १२ गतेसम्म भर्ना सकिनेछ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिन हुनेछ । उनीहरूको आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ भने ४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ जम्मा गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *